तरलता अभाव कायमैः केही बैंकको सीडी रेसियो ९०% नजिक, कुन बैंकको कति ? « Eglish Khabarhub

तरलता अभाव कायमैः केही बैंकको सीडी रेसियो ९०% नजिक, कुन बैंकको कति ?



काठमाडौं । पुस मसान्तसम्म केही वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) करिब ९० प्रतिशतको हाराहारीमा रहेको छ । एउटा बैंकको भने सीडी रेसियो ९० प्रतिशत कटेको छ ।

चालू आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडिदेखि नै तरलताको अभाव झेल्दै आएका बैंकहरुमा अझै पनि तरलता सहज हुन सकेको छैन । निक्षेप संकलन उल्लेख्य बढ्न सकेको छैन भने चर्को ब्याजदर लगायतका कारण देखाउँदै कर्जा प्रवाह हुन सकेको छैन ।

राष्ट्र बैंकको तथ्याङक हेर्ने हो भने एकै दिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्बले घटेको छ । आइतबार समग्र बैंक तथा वित्तीय संस्थाको ५३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप सोमबार ६ अर्बले घटेर ५३ खर्ब ७७ अर्ब रहेको छ । यस्तै कर्जा प्रवाह जम्मा २ अर्बले बढेर ४८ खर्ब २१ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप प्रयाप्त मात्रामा बढ्न सकेको छैन । कतिपय बैैंकहरु कर्जा नसक्ने अवस्थामा पुगेका छन् ।

पुसमसान्तको राष्ट्र बैंकको तथ्याङक हेर्दा वाणिज्य बैंकको सीडी रेसियो ९०.७ प्रतिशत पुगिसकेको छ । बैंकलाई कर्जा प्रवाह गर्न भने अब समस्या देखिने भएको छ । सहजै कर्जा प्रवाहगर्न बैंकलाई गाह्रो छ । अन्य केही बैंक भने ९० प्रतिशतको हाराहारीमा पुग्न लागेको छ ।

राष्ट्र बैंकका अनुसार सीडी रेसियो निकै सहज अवस्थामा स्टयान्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत रहेको छ । ९ वटा बैंकको सीडी रेसियो ८५ प्रतिशत भित्रै रहेको छ ।

२ वटा बैंकको ८६ प्रतिशत भित्र रहेको छ भने ७ वटा बैंकको ८९ भित्र रहेको छ । नबिल बैंकको ८९.३६ र ग्लोबल आइएमई बैंकको ८९.४१ प्रतिशत रहेको छ ।

त्यस्तै, ग्लोबल आईएमईको ८९.४१ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, प्राइमको ८८.८८ प्रतिशत, लक्ष्मीको ८७.८७ प्रतिशत, कृषि विकासको ८७.५ प्रतिशत, सिटिजन्सको ८७.४७ प्रतिशत, सनराइजको ८७.२७ प्रतिशत, एनएमबीको ८७.२४ प्रतिशत र हिमालयनको ८७.११ प्रतिशत सीडी रेसियो रहेको छ ।

यस्तै एभरेष्ट बैंकको ८६.९८, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८६.९८, प्रभु बैंकको ८५.८३, सिभिल बैंकको ८५.६८, माछापुच्छ्रे बैंकको ८५.०२, सिद्धार्थ बैंकको ८४.१६, एनआईसी एशिया बैंकको ८४.११, नेपाल एसबीआई बैंकको ८४.०२, सानिमा बैंकको ८३.०९, नेपाल बैंकको ८२.९१ र राष्ट्रिय वाणिज्य बैंकको ८१.५९ प्रतिशत रहेको छ ।

Publish on: