
काठमाडौं । कृषि विकास बैंकले चैत १४ गतेका बार्षिक साधारण सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने २ प्रतिशत बोनस र कर सहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । यस्तै अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिने छ ।
यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पेश गरेर पास गरिनेछ ।
सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाका लागि फागुन ३० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले तोकेको लाभांश पाउनेछन् । सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
SHARE YOUR THOUGHTS