राष्ट्र बैंकले १५ अर्ब ४ करोडको ट्रेजरी बिल जारी गर्ने « Eglish Khabarhub

राष्ट्र बैंकले १५ अर्ब ४ करोडको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र १८२ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो चैत २१ गते परिपक्व हुनेछ ।

९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो २०८० जेठ २३ गते परिपक्व हुनेछ । १८२ दिन अवधिका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०८० भदौ १९ गते परिपक्व हुनेछ । यसको बोलकबोल आजै हुनेछ ।

ट्रेजरी बिल १ वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

Publish on: