![](https://internal.appharu.com/wp-content/uploads/2023/03/machha-bank-768x403.jpg)
काठमाडौं । माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सहकार्यका लागि सम्झौता भएको छ । बहराइनमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको बैंकले जनाएको छ ।
सम्झौता पत्रमा लुलु एक्सचेन्जका महाप्रबन्धक एडिसन फर्नान्डेज र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात बहराइनमा बस्ने नेपालीले लुलु एक्सचेन्जका १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा र २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
SHARE YOUR THOUGHTS