![](https://internal.appharu.com/wp-content/uploads/2023/03/राष्ट्र-बैंक-घेराउ-768x432.png)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक हप्तामा ब्याजदर घटाउने आश्वासन दिएपछि व्यवसायीले बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता लिएका छन् । प्रधानमन्त्री दाहालले दाहालले व्यवसायीसमक्ष एक साताभित्र ब्याजदर घटाउने प्रतिबद्धता जनाएपछि व्यवसायीले आजैदेखि विरोधका कार्यक्रम फिर्ता लिएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटपछि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘प्रधानमन्त्रीले एक साताभित्र व्यवसायीका माग पूरा हुन्छन् भनेपछि आन्दोलनमा सबै कार्यक्रम फिर्ता लिइएको छ ।’
चर्को ब्याजदरविरुद्ध केही समयदेखि व्यवसायी चरणबद्ध सडक आन्दोलनमा थिए । देशभरबाट काठमाडौँ आएका उनीहरूले मंगलबार पनि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गरेका थिए ।
अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेका बेला बैंकहरुले व्यवसायीमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएले सडक संघर्षमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।
विरोध प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघलगायत केन्द्रीय संगठनहरूसँग आबद्ध भएका वस्तुगत संघहरु सहभागी छन् ।
SHARE YOUR THOUGHTS