![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
केन्द्रीय बैंकले रिपो मार्फत उक्त रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले १४ दिनका लागि १५ अर्बको रिपो जारी गर्न लागेको हो ।
चैत १६ गते परिपक्व हुने रिपोमा आजै १० देखि ३ बजेसम्म बोलकबोल हुनेछ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक वित्त कम्पनीले भाग लिन पाउनेछन् ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि तरलता प्रवाह गर्न रिपो जारी गर्ने गरेको छ ।
प्रतिक्रिया