शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न « Eglish Khabarhub

शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न



काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा ‘शिवम् सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ ।

जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।

आज सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले ५/५ तोला सुन प्राप्त गरेका छन् भने, दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३/३ तोला सुन जितेका छन त्येस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २/२ तोला सुन जित्न सफल भएका छन् साथै चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।

यस अघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छन् जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा के.जी. चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

साथै सिओर सट पुरस्कारमार्फत पनि २ लाख २५ हजारभन्दा बढी ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभांवित भएका छन् ।

शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न” उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।

सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको थियो ।

Publish on: