साल्ट ट्रेडिङले उच्च पदस्थ कर्मचारीलाई दियो ३ करोड बढी तलब भत्ता, सञ्चालकले बुझे सवा २३ लाख « Eglish Khabarhub

साल्ट ट्रेडिङले उच्च पदस्थ कर्मचारीलाई दियो ३ करोड बढी तलब भत्ता, सञ्चालकले बुझे सवा २३ लाख



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षमा उच्च पदस्थ कर्मचारीलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत ३ करोड १२ लाख ११ हजार १८६ रुपैयाँ भुक्तानी गरेको छ ।

कर्पोरेशनले प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी अधिकृत, सहायक कार्यकारी अधिकृत, विभागीय प्रबन्धक, कम्पनी सचिव र प्रवन्धक तहसम्मका पदाधिकारीलाई उक्त रकम भुक्तानी गरेको हो । कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलबका साथै बैठक भत्ता पनि दिने गरेको छ ।

कम्पनीकाअनुसार प्रति बैठक ७ हजार र उपसमितिको बैठकमा प्रति बैठक ५ हजार रुपैयाँ बैठक भत्ता उपलब्ध गराइएको छ । साथै ब्यापार प्रवद्र्धन खर्च वापत अध्यक्ष तथा सञ्चालकहरूलाई मासिक ७ हजार उपलब्ध गराउने गरेको छ ।

यस्तै कम्पनीले सञ्चालक समितिलाई भत्ता बापत गत आवमा २३ लाख २८ हजार ६२० रुपैयाँ भुक्तानी गरेको छ । जसमा बैठक भत्ता बापत १६ लाख ७४ हजार १२० रुपैयाँ र ब्यापार प्रवद्र्धन खर्च वापत ६ लाख ५४ हजार ५०० रुपैयाँ भत्ता दिएको छ । कम्पनीले अध्यक्षलाई बैठक भत्ता बापत प्रति बैठक ८ हजार रुपैयाँ भत्ता दिएको छ । यस्तै सञ्चालकलाई प्रति बैठक ७ हजार दिएको छ ।

कम्पनीले विभिन्न समितिका संयोजकलाई प्रति बैठक ५ हजार ५०० सय र सदस्यहरूलाई प्रति बैठक ५ हजार रूपैयाँ बैठक भत्ता दिएको छ ।

गत आवमा भत्ता बापत लक्ष्मीदास मानन्धरले १ लाख ८३ हजार ५५१ रुपैयाँ, कल्यान गोविन्द श्रेष्ठले ३ लाख ८० हजार ३२४ रुपैयाँ, डा नारायण प्रसाद रेग्मीले ५८ हजार ५६७ रुपैयाँ, मोहन प्रकाश चन्दले १ लाख ४० हजार, प्रदिप लाल श्रेष्ठले ३ लाख २४ हजार ८२४ रुपैयाँ, प्रेम कुमार श्रेष्ठले २ लाख ५३ हजार ६६७ रुपैयाँ, राजेन्द्र मान शेरचनले २ लाख ६७ हजार ८२४ रुपैयाँ, नाराणदास मानन्धरले ९४ हजार ५३९ रुपैयाँ, अतुल मल्लले ३ लाख ४७ हजार ३२४ रुपैयाँ र अन्जन श्रेष्ठले २ लाख ७८ हजार रुपैयाँ बुझेका छन् ।

Publish on: