नेपाल लाइफले ११ ठाउँमा घरजग्गा खरिद गर्ने « Eglish Khabarhub

नेपाल लाइफले ११ ठाउँमा घरजग्गा खरिद गर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ११ ठाउँमा घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधिनमा रही कार्यालय तथा व्यवसायिक प्रयोजनका लागि घरजग्गा खरिद गर्ने भएको हो ।

कम्पनीले विराटनगर महानगरपालिका क्षेत्रभित्र, इटहरी उपमहानगरपालिका क्षेत्रभित्र, विर्तामोड नगरपालिका क्षेत्रभित्र, वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र, जनकपुरधाम उपमहानगरपालिका/बर्दिबास नगरपालिका क्षेत्रभित्र, भरतपुर महानगरपालिका क्षेत्रभित्र, बुटवल उपमहानगरपालिका क्षेत्रभित्र, हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र, नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र र वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र घरसहित वा घररहित जग्गा खरिद गर्ने छ । यी स्थानहरुमा कम्पनीहरुले १० आना वा ३ हजार ३२२ वर्ग फुटदेखि माथि क्षेत्रफल हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित घरजग्गा करिब ८ मिटरको मूल सडकसँग जोडिएको हुनुपर्ने छ । बिक्री गरिने घरजग्गाको प्रति इकाई मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्ने र सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मूल्यलाई कायम गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले राखेको शर्त बन्देजहरुको अधिनमा रही बिक्री प्रस्ताव कम्पनीको केन्द्रिय कार्यालय, क्लासिक कम्प्लेक्स, कमलादी, काठमाडौंमा पेश गर्नुपर्ने छ ।

इच्छुक व्यक्ति/संघ संस्थाहरुले सूचना जारी भएको २१ दिनभित्र अर्थात वैशाख २ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Publish on: