काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा (एनआईएमबी) बैंकले बैंकको नाममा दर्ता रहेका जेनेरेटरसहित सवारी साधन बिक्री गर्ने भएको छ ।
बैंकले साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको नाममा दर्ता रहेको १९ वटा सवारी साधनसहति जेनेरेटर बेच्न लागेको हो ।
बैंकले हुण्डाई सेन्ट्रो जीएल प्लस, हुण्डाई सेन्ट्रो जीएल प्ल, हुण्डाई आई १० म्याग्ना, किया पिकान्टो दुई वटा, मारुती ओम्नी भ्यान दुई वटा, टाटा मोवाईल डीआई क्रु क्याब, टाटा ईन्डीका, हुण्डाई सेन्ट्रो जीएल प्लस, फ्ल्याट पुन्टो, टाटा सुमो गोल्ड एक्स, महिन्द्रा बोलेरो एलएक्स, हिरो होण्डा स्प्लेन्डर ३ वटा, हिरो होण्डा स्प्लेण्डर प्रो, हिरो होण्डा ग्लामर र हिरो होण्डा सुपर स्प्लेन्डर बिक्री गर्नेछ ।
यस्तै, बैंकले क्रिलोक्सकर १२५ केभिए नामक जेनेरेटर पनि बेच्न लागिएको जनाएको छ ।
इच्छुक व्यक्तिहरुले चैत २४ गतेसम्म कार्यालय समयभित्र बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित सामान्य प्रशासन विभागमा सिलबन्दी बोलपत्र बुझाउनुपर्ने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS