भैरहवाका लागि उडान भर्न लागेको बुध्द एयरको विमानमा समस्या, रनवेबाटै फर्कियो « Eglish Khabarhub

भैरहवाका लागि उडान भर्न लागेको बुध्द एयरको विमानमा समस्या, रनवेबाटै फर्कियो



फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडान भर्न लागेको बुध्द एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।

उडान भर्नका लागि रनवेमा पुगको विमानमा समस्या देखिएपछि जहाज रनवेबाट फर्किएको हो ।

सोमबार दिउँसो १ बजेर ५० मिनेटमा काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानमा समस्या देखिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।

प्राविधिक समस्या देखिएपछि यात्रुलाई बुध्द एयरकै अर्को विमानमा भैरहवा पठाइएको उनले जानकारी दिए ।

Publish on: