
काठमाडौं । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले चालू आर्थिक वर्षमा आलु, प्याज र तरकारी बिउ उत्पादनका लागि २१ करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।
केन्द्रले देशभरका १४१ वटा स्थानीय तहमा आलु, प्याज र तरकारी बिउ उत्पादनका लागि २० करोड ९८ लाख ७० हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।
केन्द्रले देशभरको ९८ वटा स्थानीय तहलाई १५ लाखदेखि २० लाख रुपैयाँको दरले १४ करोड ८७ लाख २० रुपैयाँ खायन आलु उत्पादन कार्यक्रममा लगानी गरेको छ ।
केन्द्रकाअनुसार देशभरका २२ वटा स्थानी तहलाई बीउ आलु उत्पादन कार्यक्रमका लागि प्रत्येक स्थानीय तहलाई १५ लाखदेखि १५ लाख २० रुपैयाँ रकम लगानी गरेको छ । जसमा उक्त कार्यक्रमका लागि ३ करोड ३४ लाख २० हजार रुपैयाँ वितरण केन्द्रले जनाएको छ ।
त्यस्तै, ४ वटा स्थानीय तहलाई तरकारी बीउ उत्पादन कार्यक्रमका लागि प्रत्येक स्थानीय तहलाई १५ लाखको दरले अनुदान वितरण गरेको छ । उक्त कार्यक्रमका लागि ७५ लाख ७० हजार रुपैयाँ अनुदान वितरण गरेको केन्द्रले उल्लेख छ ।
त्यसबाहेक १४ वटा स्थानीय तहमा प्याज उत्पादन कार्यक्रमका लागि १ करोड ५० लाख ९० हजार रुपैयाँ रकम वितरण गरेको छ । त्यसैगरी, केन्द्रले तनहुँमा चिस्यान कक्षसहितको तरकारी संकलन केन्द्र निर्माणका लागि ३० लाख २० हजार रुपैयाँ र पर्वतको जलजला गाउँपालिकामा अदुवा वाली प्रवद्र्धन कार्यक्रमका लागि २० लाख ५० हजार रुपैयाँ रकम अनुदान निकासा गरेको छ ।
SHARE YOUR THOUGHTS