काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंगलबार साधारणसभा सम्पन्न भएको हो ।
देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंक १६ औं साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भयो ।
बैंकका करिब ३ लाख ६० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले प्रतिफल स्वरुप चुक्ता पूंजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।
साधरणसभामा बक्ताको रुपमा भाग लिएका सेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शेयरधनीबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।
SHARE YOUR THOUGHTS