
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सार्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन गर्न सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS