नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयद्वारा विभिन्न कार्यक्रम गरि ग्लोबल मनि विक सम्पन्न « Eglish Khabarhub

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयद्वारा विभिन्न कार्यक्रम गरि ग्लोबल मनि विक सम्पन्न



काठमाडौं । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको वारेमा जानकारी दिँदै बिभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२३ भब्य रुपमा मनाएको छ ।

वित्तीय सचेतना र किशोर/किशोरी तथा युवा वर्ग लक्षित विश्वब्यापी कार्यक्रमको एघारौं श्रृखला मनाउने कार्यक्रम अन्तर्गत बिभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा वित्तीय चेतनामुलक कार्यक्रम तथा क्याम्पसका विद्यार्थीहरुलाई कार्यालय भ्रमण तथा बैंकहरुसंग विभिन्न अन्र्तक्रिया, बैंक तथा वित्तीय सस्थाहरुले आयोजना गर्ने कार्यक्रममा प्रतिनिधित्वका साथै टेलिभिजन तथा पत्रपत्रिकामा अन्र्तवार्ता आदि कार्यक्रम गरि मनाइएको बैंकले जनाएको छ ।

चैत ९ गते नवलपरासी जिल्लाको सुनवलमा अवस्थित महाकवि देवकोटा क्याम्पसवाट स्नातक तहमा अध्ययनरत करिव ६० जना विद्यार्थिहरुलाई बैंकमा बोलाइ वित्तीय साक्षरता तथा बैंक अवलोकन कार्यक्रममा सहभागि गराइएको थियो ।

उक्त कार्यक्रम सिद्धार्थनगर कार्यालयका कामु निर्देशक जीवन प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा यस कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले वित्तीय साक्षारता सम्बन्धमा वार्ता प्रस्तुत गर्दै केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको भूमिका, यस बैंकले गर्ने कामकारवाही तथा ग्लोबल मनि विकका बारेमा जानकारी दिएका थिए ।

कार्यालयका कामु सहायक निर्देशक सुभास चन्द्र चौधरीले जाली नोट पहिचान तथा सफा नोट नीतिका सम्बन्धमा उपस्थित विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए ।

कार्यालयका कामु निर्देशक जीवन प्रकाश पाण्डेयले वित्तीय साक्षरताको सान्र्दभिकता तथा सहभागिहरुवाट उठेका जिज्ञासाहरुको वारेमा सम्बोधन गरेका थिए ।

चैत १० गते कपिलवस्तु जिल्लाको भारतीय सीमावर्ति ग्रामीण क्षेत्रमा पर्ने यसोधरा गांउपालिकाको बैदौलीमा रहेको अनिरुद्ध माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सो विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिका, सुरक्षा निकायका प्रतिनिधि, मनिचेञ्जर व्यावसायी, पत्रकार स्थानीय बुद्धिजिविहरु गरि करिव १५० जना सहभागिता रहेको थियो ।

सोही दिन कपिलवस्तु जिल्लाको भारतिय सिमावर्ति ग्रामीण क्षेत्रमा पर्ने मायादेवि गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

Publish on: