उद्योगहरु बिस्थापित हुनबाट रोक्न बैंकको ब्याजदर कम गर्नेतर्फ राज्यले ध्यान दिनुपर्छ: विश्वप्रकाश « Eglish Khabarhub

उद्योगहरु बिस्थापित हुनबाट रोक्न बैंकको ब्याजदर कम गर्नेतर्फ राज्यले ध्यान दिनुपर्छ: विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको बताए । सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताए ।

राज्यले , निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिनसक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग शर्माले आग्रह गरे । देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरुले बनाउने नभइ समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको उनको भनाइ छ ।

महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्दै अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर वाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए ।

‘हाम्रो देश जुन प्रकारको आर्थिक प्रतिकुलतासँग जुद्दै छ, यो बेलामा त्यसको सामना गर्ने भनेको नै नेपाली उत्पादनलाई बढाएर उत्पानलाई वाह्य बजारमा लैजानुपर्छ । देश निराशाले बन्दैन, आशाले बन्छ’शर्माले भने ।

उद्योगहरु बिस्थापित हुनबाट रोक्न बैंकबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘बैंकबाट लिएको ब्याजलाई कसरी वान डिजिजमा सीमित गर्ने त्यसबारे ध्यान दिन जरुरी छ । ब्याजका कारण उद्योगीहरु बिस्थापित भइरहेको अवस्था छ । जुत्तालाई टेकेर धेरै उभिएका छन्, तर जुत्ता उद्योगले टेक्ने खालको अवस्था राज्यले बनाउनु छ । जुत्ता उद्योग आफैँ उभिन राज्यले ब्याजको कुरामा ध्यान दिन जरुरी छ । यसलाई वृहत्तर उद्योगको रुपमा राज्यले प्रोत्साहित गर्नुपर्छ’ शर्माले भने ।

उनले नेपालको अर्थतन्त्र धाराशाही हुने अवस्थामा पुगेको उनले बताए । नेपाल श्रीलंकाजस्तो बन्छ कि भन्ने त्रास मानिसमा रहेको उनको भनाइ छ ।

‘ नेपाललाई धेरै मानिसले श्रीलंका बन्छ भन्ने गरेका छन् । आयात बढेर जाने, रेमिट्यान्स गत जेठको भन्दा ८ सय अर्बले आउँदा पनि २ सय रुपैयाँ शोधनान्तर घाटा हुने भनेको, नेपाल भित्रिने भन्दा बाहिरिने पैसा बढी हुनु भनेको राम्रो होइन । नेपालको अर्थतन्त्र लड्खडाउँदै उभिन सक्ने कि नसक्ने, कुनै पनि समय धराशायी हुने भन्ने दोधारमा छ’ उनले भने ।

Publish on: