
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १ हजार मत गणना भएको छ ।
हालसम्म मत गन्दा राम चन्द्र संघईले ३९० मत, उमेशलाल श्रेष्ठले २६८ मत र अन्जन श्रेष्ठले ३३२ मत प्राप्त गरेका छन् ।
हालसम्म २ मत बदर भएको छ भने केही मत खाली देखिएका छन् ।
बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।