![](https://internal.appharu.com/wp-content/uploads/2020/01/interest-1.jpeg)
काठमाडौं । वाणिज्य बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागू भएको छ ।
वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था बैंकर्स संघको बुधबारको बैठकले आजदेखि लागू हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैंकहरुले यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिनेगरेका थिए ।
आजदेखि ९.९९ प्रतिशत मात्रै दिनेछन् । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत दिनेछन् ।
SHARE YOUR THOUGHTS