इनर्जी बण्डमा लगानी गर्दा कृषि विकास बैंकलाई १७ करोड ६७ लाख नोक्सान « Eglish Khabarhub

इनर्जी बण्डमा लगानी गर्दा कृषि विकास बैंकलाई १७ करोड ६७ लाख नोक्सान



काठमाडौं । इनर्जी बण्डमा लगानी गर्दा कृषि विकास बैंकलाई १७ करोड ६७ लाख रुपैयाँ नोक्सानी परेको छ ।

बैंकले निक्षेप १ खर्ब ६६ अर्बमा ११ अर्ब २३ करोड ब्याज भुक्तानी गर्दा औसतमा ब्याजदर ६.७६ प्रतिशत रहेको छ ।

त्यस्तै ऋण लगानी १ खर्ब ७७ अर्बमा ब्याज आय १९ अर्ब ५८ करोडले औसत ब्याज ११.०७ प्रतिशत रहेको महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंक व्यवस्थापनले बोर्डबाट निर्णय नगराई एक वाणिज्य बैंकको इनर्जी बण्डमा ४ प्रतिशतले १५ वर्षको लागि २ अर्ब ५० करोड लगानी गरेको उल्लेख छ । उक्त लगानीमा १७ करोड ६७ लाख रुपैयाँ नोक्सानी परेको प्रतिवेदनमा उल्लेख छ ।

बैंकलाई नोक्सानी हुने गरी लगानीको निर्णय गर्ने पदाधिकारीलाई जवाफदेही बनाई उक्त बण्डको रकम फिर्ता लिने व्यवस्था गर्न महालेखाले निर्देशन दिएको छ ।

Publish on: