राष्ट्र बैंकले संशोधन गर्‍यो एकीकृत परिपत्र २०७९, के हट्यो, के छन् नयाँ व्यवस्था ? « Eglish Khabarhub

राष्ट्र बैंकले संशोधन गर्‍यो एकीकृत परिपत्र २०७९, के हट्यो, के छन् नयाँ व्यवस्था ?


१७ बैशाख २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र २०७९ मा संशोधन गरेको छ ।

एकीकृत परिपरत्रबाट केही व्यवस्था हटाइएको छ भने केही नयाँ व्यवस्था गरिएको छ । उक्त परिपत्र संशोधन गर्दै बीलबीजक वा खरिद आदेश हुने प्रकृतिको सेवा निर्यातको हकमा बीलबीजक वा खरिद आदेश गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै नेपाल वायुसेवा प्रदायक कम्पनीहरुमा कार्यरत विदेशी नागरिकको श्रम स्वीकृति र सम्झौताको अवधि बहाल रहेको अवस्थामा रोजगारदातासँग गरेको कामा उल्लेखित पारिश्रमिकमा प्रचलित कानूनबमोजिम कर कट्टी पश्चात हुन आउने रकमको बढीमा ७० प्रतिशतसम्मको रकम भुक्तानीका लागि आवश्यक कागजातको आधारमा पारिश्रमिक कर तिरेको प्रमाण लिई परिवत्र्य विदेशी मुद्रामा सम्बन्धित मुलुकमा पठाउन सक्ने व्यवस्था गरेको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध बैदेशिक अध्ययनको स्वीकृति सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनु पर्ने नयाँ व्यवस्था गरेको छ ।

यस्तै केन्द्रीय बैंकले भिसाा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसाा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा तोकिएको भिसाा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकी १ हजार डलरको सीमाले बाधा नपुग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार ००:००  ५ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping