![](https://internal.appharu.com/wp-content/uploads/2023/04/DSC_2362-1-768x520.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मानित गरेको छ ।
सो समारोहमा सम्मानस्वरुप राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरे । हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।
करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमाल रेमिट’मार्फत् ग्राहकहरुलाई समयानुकूल सेवा-सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बंैकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत् प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।
हाल बंैकले देशभरी फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।
प्रतिक्रिया