
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले उत्पादन लागत बढी हुँदा नेपालको औद्योगिक विकास हुन नसकेको बताएकी छन् ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ राणाले आगामी दिनमा राष्ट्र बैंकले लिने मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने बताइन् ।
‘ब्याजदर र उत्पादन लागत नघट्दासम्म नेपालमा औद्योगिक विकास हुन कठिन छ,’राणाले भनिन्,‘उत्पादन भन्दा पनि व्यापारलाई सजिलो बनाउने नीतिले हाम्रो अर्थतन्त्र खराब अवस्थामा पुगेको हो । ’