प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनमा कति पाइन्छ ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृति भएपछि इन्स्योरेन्सले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

इन्स्योेरेन्सले मुनाफामा सरिक हुने बिमालेखरुका लागि कायम हुने गरी बोनसदर लागू हुने जनाएको छ ।

इन्स्योरेन्सले बिमा योजना र बिमा अवधिअनुसार आव २०७८/०७९ का प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बिमालेखमा बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

बिमितले इन्स्योरेन्सको सावधिक तथा आजीवन बिमालेख अन्र्तगत बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा प्रतिहजार न्यूनतम ६० देखि ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

यस्तै, इन्स्योरेन्सको प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) बिमालेखमा बिमितले सबै बिमा अवधिमा प्रतिहजार ५२ रुपैयाँ र प्राइम जीवन उपहार(सावधिक) बिमा योजनामा प्रतिहजार ४० रुपैयाँ बोनसदर पाउनेछन् ।

यस्तै, उल्लेखित बोनसदर अर्को बिमाङ्कीय मूल्याङ्कन प्राधिकरणबाट स्वीकृति नभएसम्मको लासग पनि यही बोनसदर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशकि अवधि दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बिमालेखहरुमा कायम हुने समेत इन्स्योरेन्सले जनाएको छ ।