मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक संकुचन देखाएर बजेटको आकार घटाउनु हुँदैनः पूर्वमन्त्री शर्मा


काठमाडौं । आर्थिक संकुचन देखाएर बजेटको आकार घटाउन नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले आर्थिक संकुचन देखाएर बजेट घटाउन थाल्ने हो भने अर्थतन्त्र झन संकुचनतर्फ जाने बताए ।

अर्थतन्त्रलाई बृद्धितर्फ लैजान सरकारी खर्च बढाउनु बाहेक अन्य कुनै विकल्प नभएको बताए । शर्माले आगामी आवको बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने, निजी क्षेत्रलाई चलयामान बनाउनु पर्ने नीति लिन सुझाव दिए । निजी क्षेत्र चलायमान बने सरकारको आम्दानी पनि बढ्ने उनको बुझाई छ ।

शर्माले बजेट बनाउनु पूर्व सबै मन्त्रालयको कम्तिमा चालु खर्च १० प्रतिशत घटाउने योजना बनाउन सुझाव दिए । उनले बजेट निर्माण गर्दा बजेट पास हुने तर कार्यान्वयको क्रममा कानून बाधक बन्ने गरेको भन्दै मन्त्रीलाई त्यसतर्फ चनाखो बन्न आग्रह गरे । बजेट कार्यान्वयन गर्ने नियकाले टार्ने, पारदर्शी नहुने परिपाटिले कार्यान्वयमा समस्या हु्ने गरेको स्मरण गराए ।