भन्सार विभागका महानिर्देशक फेरिए

काठमाडौं । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले बुढालाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, अर्थ मन्त्रालयको अतिरिक्त समूहमा रहेको रघुराम विष्टलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।

मंगलबार सरकारले ४४ जना सहसचिवको सरुवा गर्दा अर्थ मन्त्रालयबाट २ जना बाहिरिएका छन् ।

बजेट निर्माणको क्रममा फेरिएका भन्सार विभागका महानिर्देशकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा अर्थ मन्त्रालयले अहिले सम्म कुनै निर्णय भएको छैन् ।

बुढा गत मंसिर २९ गते भन्सार विभागको महानिर्देशक भएका थिए ।