
काठमाडौं । हिमालयन बैंकले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद काउन्टर सञ्चालनमा ल्याएको छ । वैशाख २१ गते बिहीबारदेखि काउन्टर सञ्चालनमा ल्याइएको हो ।
बैंकले अस्पतालमा उक्त सेवा २४सै घण्टा (सार्वजनिक बिदाका दिनमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंक तथा अस्पतालका अन्य कर्मचारीको पनि उपस्थिति थियो ।