सांग्रिला बैंकका ग्राहकलाई मोको वालेटबाटै भुक्तानी सुविधा

काठमाडौं । फोकस वान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंकबीच भुक्तानी सम्झौता भएको छ ।

फोकस वान र बैंकबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको हो ।

यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिसा डेबिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरेर मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाई जहाजको टिकट भुक्तानीलगायतका सेवा प्रयोग गर्न सक्ने भएका छन् ।

बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे गरी ६ हजारभन्दा बढी मर्चेन्टकहाँ भुक्तानीसमेत गर्न सक्नेछन् ।

हाल मोको डिजिटल वालेटमा १९ बैंक वित्तीय संस्थाको भिसा डेबिट र क्रेडिट कार्ड लिंक भइसकेको छ ।

फोकस वान पेमेन्ट सोलुसन्स भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवाप्रदायक कम्पनी हो ।