
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदमा आफ्नो दलका संसदीय दलका नेतामाथि सत्तापक्षका सांसदले भ्रष्टारको आरोप लगाएको भन्दै बिरोध गरेको छ ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहे पनि प्रमुख प्रतिक्षी नेकपा एमालेका सांसदहरुले उठेर बिरोध जनाइरहेका छन् भने सभामुखले बस्न आग्रह गरिरहेका छन् ।
नेपाली कांग्रेसका सांसदले पशुपति नाथमा सुनको जलरी राख्नुको सट्टा केपी ओली प्रधानमन्त्री भएको बेला पित्तल हालेर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसको जाँच गर्न र त्यसलाई सिद्ध गर्न चुनौती दिएको छ भने सरकारले त्यसको जवाफ दिनु पर्ने माग गरेको छ ।
अहिले एमाले सांसदहरु संसदमा बेल घेरेर नाराबाजी गरिरहेका छन् ।
SHARE YOUR THOUGHTS