कामना सेवा विकास बैंकका सीईओ थकालीले सम्हाले कार्यभार « Eglish Khabarhub

कामना सेवा विकास बैंकका सीईओ थकालीले सम्हाले कार्यभार



काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।

वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतबारदेखि थकालीले कार्यभार सम्हालेका छन् ।

उनको कार्यकाल ४ वर्षको हुने बैंकले जनाएको छ । थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए । उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरे । त्यसअघि थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर काम गरेका थिए ।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि अध्ययन गरेका छन् ।

Publish on: