अर्थतन्त्र

४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा, लगानीको १ प्रतिशत मात्रै लाभांश



काठमाडौं । सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेका छन् भने बाँकी नोक्सानमा रहेका छन्।

अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

गत असार मसान्तसम्म सरकारको सेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । यो अवधिमा लगानीको १ प्रतिशत अर्थात ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको बताए ।

संस्थाहरुको कुल सञ्चालन आय ३६.२ प्रतिशतले बढेर ५ खर्ब ७५ अर्ब पुगेको छ । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थाको पहिचान गरि थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन हुने देखिएको बताए । निजीकरण गरिने र सार्वजनिक संस्थान उद्देश्य अनुसार नभएको वस्तु तथा सेवाको गुणस्तरको नियमित अनुगमन गर्नुपर्ने बताए ।