८ महिनामा १५ हजार ६ सय जोडीले गरे डिभोर्स « Eglish Khabarhub

८ महिनामा १५ हजार ६ सय जोडीले गरे डिभोर्स



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १५ हजारवटा सम्बन्ध बिच्छेद (डिभोर्स) दर्ता भएका छन् ।

आइतबार सरकारले संघीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १५ हजार ६८१ वटा सम्बन्ध विच्छेदको घटना दर्ता भएको उल्लेख छ ।

उक्त संख्या हालसम्मकै उच्च हो ।

नेपालमा १० वर्ष अघिसम्म सम्बन्ध विच्छेदको घट्ना कम मात्रै हुन्थ्यो । तर, पछिल्ला दिनहरुमा बढेर मासिक करिब २ हजार जोडीले डिभोर्स गरेको पाइएको छ ।

नेपालमा २०७० सालमा ३९४ वटा, २०७१ मा १३ सय ७५ वटा, २०७२ मा १ हजार ६५ वटा, २०७३ मा २ हजार २८३ वटा, २०७४ मा २ हजार ७७६ वटा, २०७५ मा ३ हजार ९३५ वटा, २०७६ मा ५ हजार ८४६ वटा, २०७७ मा ६ हजार ६४४ वटा र २०७८ मा १४ हजार २७९ वटा डिभोर्स भएको सर्वेक्षणमा उल्लेख छ ।

Publish on: