विदेशी लगानीबाट आर्जित आयलाइ पुनः लगानी गर्दा स्वीकृती लिनु नपर्ने « Eglish Khabarhub

विदेशी लगानीबाट आर्जित आयलाइ पुनः लगानी गर्दा स्वीकृती लिनु नपर्ने



काठमाडौं । सरकारले विदेशी लगानीबाट आर्जित आयलाइ पुनः लगानी गर्दा स्वीकृती लिनु नपर्ने व्यवस्था गर्ने भएको छ ।

आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो व्यवस्था गरिने बताएका हुन् ।

उनले भने, ‘विदेशी लगानीबाट आर्जित आयलाइ पुनः लगानी गर्दा स्वीकृती लिनु नपर्ने व्यवस्था गरिनेछ ।’

प्रचलित कानुन बमोजिम अनुमति लिनुपर्ने उद्योगबाहेक लागनी खुला गरिएका उद्योगमा लगानी भित्र्याउँदा स्वचालित प्रक्रियाबाट स्वीकृत प्राप्त हुने व्यवस्था पनि मिलाइने अर्थमन्त्री महतले बताएका छन् ।

अहिले आगामी आवको लागि बजेट प्रस्तुत भइरहेको छ ।

Publish on: