नेपाल घुमौं, नेपाल चिनौं अभियान चलाइने « Eglish Khabarhub

नेपाल घुमौं, नेपाल चिनौं अभियान चलाइने



काठमाडौं । सरकारले आन्तरिक पर्यटन पर्वधन गर्न नेपाल घुमौं, नेपाल चिनौं अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै देशभर पर्यटकिय संरचना विकास गर्ने र आन्तरिक पर्यटन पवर्धन गर्ने घोषणा गरेका हुन् ।

मन्त्री महतले अन्तर प्रदेश उडान सञ्चालन गर्ने पवर्धन गर्ने र भुकम्पबाट क्षतिग्रस्त २५ वटा संरचनाको निर्माण सम्पन्न गरिने घोषणा गरे ।

खोटाङको हलेसी बाजुराको बढिमालिका, गढीमाई र छिन्नमाई, कर्णाली प्रदेशको चन्दननाथ लगायतका क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको मन्त्री महतले बताए ।

Publish on: