
काठमाडौं । सरकारले आव २०८०/०८१ मा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेकालगायतका विभिन्न सडक खण्डको निर्माणका लागि बजेट छुट्याइएको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विभिन्न सडक आयोजनाका लागि बिनियोजित बजेट सार्वजनिक गरेका हुन् ।
प्रस्तुत बजेटमा मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, जाजरकोटलगायतका १२ खण्डको ३ अर्ब ९६ करोड छुट्याइएको छ ।
त्यस्तै, हुलाकी अन्तर्गत तराई मधेशका ८ खण्डको निर्माण तथा ३ अर्ब ३९ करोड, मदन भण्डारी राजमार्गअन्तर्गत इलाम, सुनसरी, रोल्पालगायतका २ अर्ब ४१ करोड बिनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले काठमाडौं–तराई द्रुतमार्ग २०८३ सम्म सम्पन्न गरिने पनि बताए । उनले आयोजनाका लागि २२ अर्ब ५० करोड बिनियोजन गरिएको बताए ।
त्यस्तै, कालिगण्डकी कोरिडोर १ अर्ब ९८ करोड, कोशी कारिडोर निर्माण ८० करोड, महाकाली कोरिडोर ब्रह्मदेव–झुलाघाट–दार्चुलालगायतका सडकखण्डको का लागि ४५ करोड रकम बिनियोजन गरिएको पनि महतले बताए ।
SHARE YOUR THOUGHTS