अब क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र पाइने « Eglish Khabarhub

अब क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र पाइने



काठमाडौं । सरकारले क्यूआर कोडसहितको कर चुक्ता प्रमाणपत्र वितरण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट प्रस्तुत गर्दै अब क्यूआर कोडसहितको कर चुक्ता प्रमाणपत्र वितरण दिने बताए ।

‘कर प्रशासनबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा आवद्ध गर्दै लैजाने नीतिअनुरूप सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ अर्थमन्त्री महतले भने ।

अर्थमन्त्री महतले भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाई भन्सार जाँचपास प्रणालीलाई सरल र पारदर्शी बनाइने बताए । मालवस्तु तथा यात्रुको जाँचपासमा आधुनिक उपकरणको प्रयोग बढाउँदै लगिने पनि बताए ।

Publish on: