
काठमाडौं । एनएमबी बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट भएको छ ।
महोत्तरी गाउँपालिका-३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरी कार्यालयका असई रन्धीर सिंह राजपुतका अनुसार मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट रकम लुटपाट भएको हो । तर, कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
रकम लुटपाट भएको दृश्य सिसिटिभी क्यामेराले कैद गरेकाले लुटेराको खोजी भइरहेको उनले जानकारी दिए ।
शाखा प्रबन्धक मलिका ठाकुर पटक-पटक प्रयास गर्दा पनि सम्पर्कमा आइनन् ।
SHARE YOUR THOUGHTS