
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई १ क्यासब्याक दिने भएको हो ।
सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने कम्पनीले जनाएको छ ।
क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
केही समय यता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्