
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा लिँदा सुरक्षणमा राखिएका ८ जना ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ ।
बैंकले बिहीबार ३५ दिने सूचना निकाल्दै कर्जा लिएर साँवा ब्याज नियमित रुपमा नतिरेको र असुलीका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएको घरजग्गा लिलाम गर्ने सूचना निकालेको हो ।
३५ दिन भित्र ऋण चुक्ता गर्न तथा गराउन अन्तिम मौका दिइएको बताउँदै बैंकले सो मितिमा कर्जा नतिरेमा ३६ औं दिनदेखि सुरक्षणमा रहेको घरजग्गा लिलाम प्रक्रिया अघि बढ्ने बताएको छ ।
बैंकले बरहथवा शाखाबाट कृषि चालू पुँजी कर्जा लिने राम हरी थापा प्रोप्राइटर रहेको थापा पशुपालन फार्म र हाइपोथिकेसन कर्जा लिने रमेश विश्वकर्मा प्रोप्राइटर रहेको आशिष स्टोर्सको नाममा सूचना निकालेको छ ।
त्यस्तै, पाल्हीनन्दन शाखाबाट चालु पुँजी कर्जा लिने रिता चौधरी प्रोप्राइटर रहेको रिता इन्टरप्राइजेज, सि.अ. जनकपुर शाखाबाट चालु पुँजी कर्जा लिने शिव शंकर साह हलुवाई प्रोप्राइटर रहेको शिव शंकर राईस एण्ड आयल मिल, व्यक्तिगत अधिविकर्ष, आवधिक, सुलभ आवास कर्जा लिने प्रहलाद कुमार चौधरीलगायत, कटहरिया शाखाबाट हाइपोथिकेसन कर्जा लिने रामबिन्देश राय यादव प्रोप्राइटर रहेको बिक्रान्त किराना पसल, बेनी शाखाबाट व्यक्तिगत अधिविकर्ष कर्जा लिने भुवन लक्ष्मी खत्रीलगायत र सि.अ. वीरगञ्ज शाखाबाट व्यक्तिगत आवधिक कर्जा लिने तपसी राउत अहिरलगायतको नाममा बैंकले ३५ दिने सूचना निकालेको हो ।
प्रकाशित सूचनाकाअनुसार ऋणीले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा ३६ औं दिनदेखि लिलाममा डाँक बणबण् गरिलिन चाहनेले बंकमा सम्पर्क गरेर आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्न सक्नेछन् ।

SHARE YOUR THOUGHTS