काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र सस्तो डिल प्रालीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र सस्तो डिल प्रालि बीच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस योजना अन्तर्गत, सस्तो डिल प्रालीका विभिन्न तहका कर्मचारीहरुले आफूले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा सस्तो डिल प्रालिका तर्फबाट कम्पनिकी प्रमुख वित्त अधिकृत सुमित्रा केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया