अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन शिलान्यास « Eglish Khabarhub

अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन शिलान्यास


१८ जेष्ठ २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको शिलान्यास भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन विस्तारको शिलान्यास गरेका हुन् ।

नेपाल आयल निगमले यसअघि नै अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम गरिरहेको छ । डीपीआर तयार गर्ने काम भइरहेको छ । लोथरमा १ लाख किलोलिटर पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

भारतको मोतीहारीबाट अमलेखगन्जसम्म सञ्चालित पेट्रोलियम पाइपलाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने भएको हो । करिब ६५ किलोमिटर पाइपलाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरेको थियो ।

मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सम्पन्न गरेपछि चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको हो । पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई वृद्धि गरी ९० दिनसम्म पुग्ने भण्डारण बनाउन नेपाल आयल निगमले भण्डारण स्थलहरूको निर्माण गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार ००:००  १ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping