काठमाडौं । नेपाल र भारतबीच नेपालगन्ज र भैरहवामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बनाउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपालगन्ज र भैरहवामा आईसीपी बनाउने सहमति भएको हो ।
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीले आज संयुक्त पत्रकार सम्मेलनका क्रममा हरियो बटम थिचेर आईसीपी शिलान्यास गरेका छन् ।
उनीहरुले भारतको रुपैडिहा र नेपालको नेपालगन्ज तथा भारतको सुनौली र नेपालको भैरहवामा आईसीपीको उद्घाटन गरेका हुन् । आईसीपी बनाएपछि व्यापारमा सहज हुनेछ ।
SHARE YOUR THOUGHTS