नविल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ शाखा « Eglish Khabarhub

नविल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ शाखा



काठमाडौं । नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैंकले नविल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा बिस्तार गरिरहेको छ ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरु प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए ।

उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए । आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरुको शाखाहरु एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको उनले स्मरण गरे ।

डिजिटल प्रविधिको कारणले कम कर्मचारी भए पनि बैंक‍ले धेरै शाखा शाखा सञ्चालन गर्न सकिएको बताए ।

सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने उनको भनाइ थियो ।

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा छन् । त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।

Publish on: