बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान « Eglish Khabarhub

बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान



नवलपरासी । नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् ।

यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो। राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना संचालन गर्नेछ भने अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ।

प्राइभेट इन्फ्राइन्स्ट्रक्चर डेभलपमेन्ट ग्रुप पीआईडीजी कम्पनी इन्फ्राको एशिया र सरल उर्जा नपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो। उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्दछ ।

नेपालको स्थापित विद्युत उत्पादन क्षमता लगभग २,७०० मेगावाट रहेको छ, जसमा ९६ % जलविद्युत हो । देशको ऊर्जा विविधीकरणमा योगदान दिनुका साथै, राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्नेछ।

यसले ग्रीन हाउस ग्यास उत्सर्जन घटाउँदै दिगो विकास लक्ष्य १३: जलवायु कार्यलाई पनि समर्थन गर्छ।

समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राज बहादुर शाहले ब्रुअरीको उर्जा आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको कुरा जानकारी गराए।

त्यसैगरी, सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताएका छन्। त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने बताए ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार उर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका अरु कम्पनीहरुमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताउनु भयो। यस्ता अभ्यासहरु जारी राख्दै जावलाखेल ग्रुप वातावरण संरक्षणमा सधैँ अग्रसर रहने प्रतिबद्धता जनाए ।

राज ब्रुअरीको बारेमा

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी दक्षिण एसियाको सबैभन्दा अत्याधुनिक ब्रुअरी हो । सन् २०१८ मा सञ्चालनमा आएको यस कम्पनीले नेपालको मदिरा बजारको ६०% बजार हिस्सा ओगटेको छ। राज ब्रुअरीले वारस्टेइनर इन्टरनेशनल जर्मनी र एन्हियुजर बसेज इनबिभ युएसएसँग साझेदारी गरी नेपालमा वारस्टेइनर र वर्डवाइजर बियर उत्पादन र वितरण गरिरहेको छ भने नमस्ते, माउन्टेन आइस र हात्ती राज ब्रुअरीका आफ्नै ब्रान्डहरू हुन्।

सरल ऊर्जाको बारेमा
सिम्पल इनर्जी प्रा लिमिटेड पीआइडीजी कम्पनी इन्फ्राको एशिया र सरल उर्जाको संयुक्त उद्यम हो। इसईपीएलले पहिलो चरणमा वाणिज्य र औद्योगिक खण्डमा नेपालभर ८ मेगावाट वितरित सौर्य रुफटप ग्रिड जडान परियोजनाहरूमा काम गरिरहेको छ। ।

यसो गर्दा, एसईपीएलले नेपालको कुल ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जाको अंश बढाउन योगदान पुर्याउनेछ भने देशलाई स्वच्छ र दिगो ऊर्जा प्रणालीतर्फ अघि बढ्न मद्दत गर्नेछ।

Publish on: