![](https://internal.appharu.com/wp-content/uploads/2023/06/sankher-das-bairagi-768x512.jpg)
काठमाडौं । सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजसम्म थियो ।
आजैको मन्त्रिपरिषद् बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ ।
दुई दिनपछि सचिवबाट बिदा हुन लागेका अर्याललाई सरकारले मुख्य सचिव बनाएको हो ।
SHARE YOUR THOUGHTS