![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा मंगलबार १४ सय ३० रुपैयाँ भएको छ ।
SHARE YOUR THOUGHTS