हवाई इन्धनको मूल्य २६ रूपैयाँले घट्यो « Eglish Khabarhub

हवाई इन्धनको मूल्य २६ रूपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। निगमले आज सूचना जारी गर्दै हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँसम्मले घटाउने निर्णय गरेको जनाएको छ ।

निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ घटाएको छ। यससँगै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १५० कायम भएको निगमले जनाएको छ।

त्यस्तै, बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ मूल्य घटाएको छ ।

यससँगै नयाँ बिक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर अमेरिकी डलर १ १५० (प्रति लिटर करिब १५१ रुपैयाँ) कायम गरिएको जनाएको छ ।

मूल्य समायोजन गर्दा पनि भारतको कलकत्ताको हवाइ इन्धन आन्तरिकतर्फको विक्री मूल्यको तुलनामा काठमाडौंमा विक्री गरिने हवाइ इन्धनको बिक्री मूल्य अझै प्रति लिटर ३ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

Publish on: