काठमाडौं । प्रतिनिधि सभा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोकप्रस्ताव पारित गर्दै आधा घण्टाका लागि स्थगित भएको हो ।
मंगलबा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५:३३ मा निधन भएको थियो ।
मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि अपराह्न ४:१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।
दुर्घटनामा घाइते भएकी मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको थियो ।
प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।
SHARE YOUR THOUGHTS