![](https://internal.appharu.com/wp-content/uploads/2023/03/kp-768x504.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्न योगको आवश्यकता भएको बताए ।
SHARE YOUR THOUGHTS