![](https://internal.appharu.com/wp-content/uploads/2022/11/supreme-court-of-nepal-768x347.jpg)
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
बिहीबार सर्वोच्च अदालतलका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।
यसअघि सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ मा प्रमाणीकरण गरेको नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा आउने भएको छ।
SHARE YOUR THOUGHTS