पिपुल फोरमले पिडितलाई दिलाए साढे १ अर्ब रुपैयाँ « Eglish Khabarhub

पिपुल फोरमले पिडितलाई दिलाए साढे १ अर्ब रुपैयाँ



काठमाडौं । मानव अधिकारका लागि मञ्च (पिपुल फोरम)ले निःशुल्क कानुनी सहायता सेवा सहजीकरण गरेर पिडितलाई साढे १ अर्ब रुपैयाँ दिलाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगिएका पिडितहरुले वैदेशिक रोजगार विभागमा दिएको उजुरीको आधारमा परेको मुद्धामा निुःशुल्क कानुनी सहायता सेवाबाट १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ रकम पिडितलाई दिलाएका हुन् ।

फोरमले सन् २०११ देखि सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत निरन्तर निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको छ । फोरमले हालसम्ममा २७ हजार ४५१ जना आप्रवासी कामदारहरु र उनीहरुका परिवारलाई कानुनी सहायता सेवा प्रदान गरेकासंस्थाले देशभरका मानिसहरुलाई उक्त सेवा प्रदान गरेका छन् ।

त्यस्तै, फोरमले चालु आर्थिक वर्षको जेठसम्ममा ४२ सय ६ जनालाई कानुनी सहायता तथा परामर्श दिएका छन् । त्यसमा १६२ जना बेचविखन प्रभावितलाई कानुनी सहायता ताथ परामर्श प्रदान गरेका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीको क्रममा २८ सय ८२ जना ठगिएका मुद्धामध्ये ६४८ वटा फोरमले समाधान गरेका छन् । उक्त समस्या समाधान गरेकोमध्ये १७१ वटा व्यक्तिगत मुद्धा छन् ।

पछिल्लो समय संस्थागतभन्दा व्यक्तिगत मुद्धा बढ्दै गएको तथ्याङ्कले उल्लेख गर्छ । जमसा दर्ता भएको मुद्धामध्ये १४ सय ८२ वटा व्यक्तिगत र १४ सय वटा संस्थागत छन् । तथ्याङ्क हेर्दा यो वर्ष २५ सय २१ जना पुरुष ३६१ जना महिलाले ठगिएको भन्दै उजुरी दिएका छन् ।

Publish on: